Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

एकैपटक चार सवारी दुर्घटना : २० जना भन्दा बढी घाइते

एकैपटक चार सवारी दुर्घटना : २० जना भन्दा बढी घाइते

  • काठमाडौँ । मकवानपुरको हेटौंडामा एकैपटक चार सवारी दुर्घटनामा परेका छन् । जसका कारण बीस बढी घाइते भएका छन् । हेटौंडा-१५ रातोमाटेमा उक्त दुर्घटना भएको हो । दुर्घटनामा महिले ना ५ ख ६२४४ नम्बरको ट्रकले रिलायन्स बोर्डिङको विद्यार्थी बोकेको बसलाई ठक्कर दिएको थियो ।

    images
    images
    images

    त्यसपछि पुनः हेटौंडाबाट पथलैया जाँदै गरेको लु १ ख ४३७० नम्बरको ट्यांकरलाई ठक्कर दियो  अनि ट्यांकर पल्टिएर बा ७ च ९४०४ नम्बरको कारलाई थिच्यो । ट्रकले फेरि रोकिरहेको प्रदेश २-०३-००१ ख २५०६ नम्बरको ट्रकलाई पनि ठक्कर दिएको थियो।

    दुर्घटनामा घाइते भएकाहरुको स्थानीय हेटौंडा अस्पताल र हेटौंडा-११ को चुरेहिल अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । दुर्घटनामा संलग्न सवारीहरू हटाएर हालसो राजमार्ग सुचारु गरिसकेको पनि उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij