
Apr 18 2025 | २०८२, वैशाख ५ गते
दक्षिण कोरियाको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएका छन्।
स्थानीय समयानुसार बिहान १०ः१७ बजे चार तले भवनमा आगलागी भएको थियो। त्यस भवनको चौथोँ तल्लामा डायलासिस बिरामीहरू उपचाररत छन भने दोस्रो र तेस्रो तल्लामा कार्यालयहरू छन्।
अस्पतालमा ३३ बिरामी र १३ जना स्वास्थ्यकर्मीमध्ये ५ जनाको मृत्यु भएको थियो। तीन जना बिरामी र एक नर्स थिए भने बाँकी एकको पहिचान हुन सकेको छैन।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij