
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ। लैनचौरबाट एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन् । बुधबार राति चिनियाँ नागरिकलाई लैनचौरबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएर राखेको आरोपमा ६ जना नेपालीलाई पक्राउ गरिएको हो ।
अपहरण गरी बन्धक बनाइएका चिनियाँको उद्धार गर्नुका साथै संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । चिनियाँ नागरिकबाट ८ लाख रुपैयाँ र २७ थान मोबाइल समेत लुटिएको प्रहरीले दाबी गरेको छ । अपहरणमा परेका चिनियाँसँग एक करोड फिरौती समेत माग गरिएको बुझिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ । परिसरले पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छैन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij