
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । आजबाट काठमाडौँ उपत्यकाको फोहर उठ्ने भएको छ । अब एक हप्तादेखि रोकिएको फोहोर विसर्जन हुने भएको छ ।
सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मत सकिएपछि फोहोर उठ्ने भएको हो । एक हप्तादेखि उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापनको कार्य रोकिएको थियो ।
काठमाडौँ उपत्यकाबाट हरेक दिन एक हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा जाने गरेको छ । यसमध्ये सबैभन्दा बढी काठमाडौँ महानगरपालिकाबाट ५०० मेट्रिक टन फोहर निस्किने गर्दछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij