
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । काठमाडौँमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–७ धनगाँउस्थित नयाँ बन्दै गरेको घरमा काठको फर्निचरको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुली घर भएका ४० वर्षीय तुल बहादुर तामाङ रहेका छन् । उनको मंगलबार मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij