
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । सुडानको ब्ल्यु नाइल राज्यमा जातीय हिंसामा परेर १०५ जनाको मृत्यु भएको छ । हिंसामा २९१ जना घाइते भएका छन् ।
इथियोपिया र दक्षिण सुडानसँगको सिमानामा रहेको दक्षिणी राज्यमा जुलाई ११ मा बर्टी र हौसा जातीय समूहका सदस्यहरूबीच झडप भएको थियो ।
अहिले सेना परिचालन भएपछि झडप नियन्त्रणमा आएको छ। पुनः झडपको जोखिम कायमै रहेकोले नाइल राज्यमा अझै केही दिन सेना परिचालन हुने भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij