
Apr 22 2025 | २०८२, वैशाख ९ गते
भारतमा आज १५ औं राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ। निर्वाचनमा सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) की साझा उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी दलका यशवन्त सिन्हाबीच प्रतिस्पर्धा हुँदैछ। राष्ट्रपति निर्वाचनमा अहिलेसम्म सत्तारूढ दलकी साझा उम्मेदवार अगाडि देखिएकी छन्।
सत्तारूढ दलसहित केही विपक्षी दलहरूले पनि द्रौपदी मुर्मुलाई समर्थन गर्ने घोषणा गरिसकेकाले उनले सहजै दुई तिहाइ मत प्राप्त गर्नसक्ने छिन्। संसदको दुबै सदन, राज्य विधान सभा, राष्ट्रिय राजधानी क्षेत्र दिल्ली र केन्द्र शासित प्रदेश पुडुचेरीका निर्वाचित सदस्यहरूले राष्ट्रपति चुनावमा मतदान गर्नेछन्।
देशको १५ औँ राष्ट्रपतीय निर्वाचनको नतिजा बिहीबार जुलाई २१ मा घोषणा हुँदैछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij