
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । काठमाडौँको शंखरापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय दिपक केसी रहेका छन् । शंखरापुर नगरपालिका–९ खुलालटारमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु भएको हो ।
केसीले चलाएको बा ५८ प ६५५० नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएको थियो। घाइते उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij