
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको रावलपिण्डी शहरको एउटा इनारमा विषालु ग्यास निस्कँदा मंगलवार कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार रावत क्षेत्रमा रहेको इनार सफा गर्न एकजना मानिस भित्र पसेका थिए तर विषाक्त ग्यासका कारण बेहोस भएका थिए ।
बेहोस भएको व्यक्तिलाई बाहिर निकाल्न अन्य सात जना इनारभित्र पसेका थिए, दुर्भाग्यवश उनीहरु पनि बेहोस परेको सिन्ह्वाले उल्लेख गरेको छ ।
उक्त खबर पाएलगत्तै प्रहरी र उद्धारकर्मी घटनास्थलमा पुगेर उद्धार कार्य शुरु गरेको समाचारमा जनाइएको छ ।
सो घटनामा परी निसास्सिएर पाँच जनाको मृत्यु भएको छ भने अन्य तीन जनालाई जीवितै उद्धार गरी अस्पताल लगिएको सिन्ह्वाले जनाएको छ । एजेन्सी
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij