
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । काठमाडौँ जिल्लाको प्रमुख प्रशासकीय अड्डाका रूपमा रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दुई जना महिलालाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
जिम्मेवारी पाउनेमा सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल र देवी पाण्डे रहेका छन् ।
खनाललाई सूचना अधिकारीको समेत जिम्मेवारी दिइएको छ । उनी प्रशासन शाखाको प्रमुख समेत हुन् । यस्तै पाण्डेलाई नागरिकता शाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij