
Apr 08 2025 | २०८१, चैत २६ गते
बारा । बारामा ५ वर्षीया बालिका माथि १८ वर्षीय किशोरले बलात्कार गरेको छ ।
जितपुरसिमरा उपमहानगरपालिका-२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij