मलेसियामा २४ घन्टामा २ हजार ३३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पाँच जनाको ज्यान गएको छ । स्वास्थ्य क्षेत्रका अधिकारीहरुका अनुसार देशभित्रै यी सङ्क्रमितहरु भेटिएको हो । अहिलेसम्ममा कोरोना भाइरसको सङ्क्रमणबाट मात्र ३५ हजार ७३० जनाको ज्यान गएको बताइएको छ ।