Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नेप्सेमा सुधार, तीन अर्ब ८५ करोडको कारोवार

नेप्सेमा सुधार, तीन अर्ब ८५ करोडको कारोवार

  • काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज साढे आठ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८।५७ बिन्दुले उकालो लागेर २००७।२९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १।१४ बिन्दुले बढेर ३८२।५७ मा पुगेको छ । 

    images
    images
    images

    कूल २१४ कम्पनीको ७४ लाख ९७ हजार ३८४ कित्ता शेयर रु तीन अर्ब ८५ करोड तीन लाख २० हजार ४५ मा खरीद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर ओरालो लाग्दा नौ उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार ४८।६५, विकास बैंक १०।२९ र अन्य ०।९८ बिन्दुले घटेको छ । बैंकिङ ९।३४, होटल ३।४३, जलविद्युत् २।७४, वित्त २।०५, निर्जीवन बीमा ७५।३३, उत्पादन ९७।७९, लघुवित्त ६।०८, जीवन बीमा २९।६५ र सामूहिक लगानी कोष ०।०३ बिन्दुले उकालो लागेको छ । 

    कारोवरका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३४ करोड ९१ लाख ८० हजार ५२ बराबरको कारोवार भयो । यस्तै नागरिक लगानी कोष रु ३२ करोड ३५ लाख १८ हजार ४१०, एनआइसी एशिया बैंक रु ३० करोड ६ लाख ६८ हजार ९२७, नबिल बैंक रु २४ करोड ३४ लाख १६ हजार २८, शिवम् सिमेन्ट रु २१ करोड १७ लाख ५५ हजार ५७५, एनसिसी बैंक रु १८ करोड ११ लाख ३३ हजार ३१६, ग्लोबल आइएमई बैंक रु १२ करोड ७४ लाख ३३ हजार ८६२ र नेपाल पुर्नबीमा कम्पनी रु १२ करोड ४९ लाख ८८ हजार ३५८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

    कारोवारका आधारमा नारायणी डेभलपमेन्ट बैंक ९।९०, सेन्ट्रल फाइनान्स ९।६२, राधी विद्युत् कम्पनी ७।५९, एनसिसी बैंक ६।०१, आइएमई जनरल इन्स्योरेन्स ५।६४, एनआइसी एशिया बैंक ५।४३, नेपाल ल्यूब आयल ४।८२ , शिवमु सिमेन्ट ४।६४ र प्रभु बैंकका लगानीकर्ताले ४।४८ प्रतिशतले कमाए । एबिएल डिबेञ्चर ७।६०, समटि लघुवित्त ३।८७, समृद्धि फाइनान्स ३।७३, एनएमबी पचास ३।३२, साल्ट टे«डिङ कर्पोरेशन २।९९, सानिमा माई हाइड्रोपावर २।९३ र जोशी हाइड्रोपावरका लगानीकर्ताले २।७३ प्रतिशतले गुमाए । रासस 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij