
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौँ । पाकिस्तानमा दैनिक खाने चियाको पिउने मात्रा घटाउन आग्रह गरिएको छ । पाकिस्तान सरकारले देश आर्थिक संकटतर्फ गइरहेको भन्दै सर्वसाधारणलाई मितव्ययी बन्न आग्रह गरेको छ । विदेशी मुद्राको सञ्चिति दुई महिनाको आयात पनि नधान्ने अवस्था आएपछि सर्वसाधारणलाई यस्तो आग्रह गरिएको हो ।
चिया विदेशबाट आयात गर्नुपर्ने भएकाले पाकिस्तान सरकारले ऋण निकालेर चिया आयात गर्न नसकिने भन्दै चिया पिउने मात्रा घटाउन आग्रह गरेको हो । एक वरिष्ठ मन्त्री असान इकबालले सर्वसाधारणलाई दैनिक खाने चियाको मात्रा घटाएर एक वा दुई कपमा झार्न आग्रह गरेका छन् ।
पाकिस्तानले गत वर्ष ६० करोड डलर बराबरको चिया आयात गरेको तथ्यांक देखाउँदै उनले यस्तो आग्रह गरेको पाकिस्तानी संचारमाध्यमहरूले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij