
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडाैँ । बारामा गुडिरहेको कारमा आगलागी भएका छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका-१६ सडकखण्डको बंगरी पुल नजिकै गुडिरहेको प्र २-०२-००१ च.०१६५ नम्बरको कारमा आगलागी भएको हो ।
आगलागीबाट कारमा पूर्ण रुपमा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले बताए । प्रहरीका अनुसार कार जलेर नष्ट भए पनि मानवीय क्षति भने हुन पाएन ।
कारको वायर सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij