Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

आजको राशिफल

आजको राशिफल

  • मेष 
    नयाँ कमको अवसर र शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

    images
    images
    images

    वृष
    आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । सबैले तपाईंको काममा सहयोग गर्नेछन् । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।

    मिथुन 
    अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम भने सम्पादन हुन सक्छ ।

    कर्कट
    उमङ्ग र उत्साहमा कमी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिबाट विश्वास गुम्न सक्छ, सचेत रहनुहोला ।

    सिंह
    लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । सफल छलफल र लगानीको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

    कन्या
    प्राविधिक र टेक्निकल काममा सफलता मिल्नेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

    तुला 
    शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

    वृश्चिक 
    कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।

    धनु
    सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । न्यायिक प्रतिस्पर्धामा सफलता मिल्नेछ ।

    मकर
    लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।

    कुम्भ
    रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको भेटघाटले मन प्रफुल्ल रहला । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

    मीन
    हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij