
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । सुनसरीमा एक जना नक्कली डाक्टर पक्राउ परेका छन्। इटहरी उपमहानगरपालिका-४ स्थित शिशिर टोलमा क्लिनिक सञ्चालन गर्दै आएका भारत सुजित रायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार योग्यता नभएका रायले दुई महिना अघिदेखि बिना अनुमति क्लिनिक सञ्चालन गरी पायल्स, फिस्टुलाको उपचार गर्दै आएका थिए।
उनलाई ठगीका साथै इलाज सम्बन्धी कसुरमा मुद्दा अगाडि बढाइएको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij