Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

श्री गणेश सिः गुठीद्वारा ५१ हजार सहयोग

श्री गणेश सिः गुठीद्वारा ५१ हजार सहयोग

  • गण्डकी ।  श्री गणेश सिः गुठी पृथ्वीचोक पोखराले जाल्पादेवी बहुउद्देश्यीय विकास समितिलाई नगद सहयोग प्रदान गरेको छ । समितिको भवन मर्मतसम्भारका लागि नगद रु ५१ हजार एक सहयोग प्रदान गरिएको हो ।

    images
    images
    images

    गुठीका नायो एवं अध्यक्ष चिरञ्जीवी श्रेष्ठले जाल्पादेवी बहुउद्देश्यीय विकास समितिका अध्यक्ष विश्व विजुक्क्षलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । अध्यक्ष श्रेष्ठका अनुसार सामुदायिक शसक्तीकरणमा उल्लेखनीय भूमिका खेलिरहेको विकास समितिको भवन अर्थ अभावका कारण जीर्ण बन्दै गएकाले त्यसको जीर्णोद्वार तथा मर्मतसम्भारका लागि थोरै भए पनि आर्थिक सहायता प्रदान गरिएको हो ।
     
    कार्यक्रममा पोखरा महानगरपालिका–८ का वडासदस्य कृष्णमान ठुसाजु, गुठियार शिव द्धा, सचिव गजेन्द्रमान श्रेष्ठलगायतले धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षणमा सबैको साथ र सहयोगको आवश्यकता औँल्याउनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij