Logo

Jun 13 2025 | २०८२, जेठ ३० गते

Jun 13 2025 | २०८२, जेठ ३० गते

बालिका बलात्कार आरोपमा एकजना पक्राउ

बालिका बलात्कार आरोपमा एकजना पक्राउ

  • अनलाइन गेम ‘फ्री फायर’ खेल्ने बहानामा १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा काठमाडौँबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–८ मातातीर्थका २७ वर्षीय महेश उदास रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।  

    images
    images
    images

    प्रहरीका अनुसार ती बालिका पाल्पास्थित घरमा बस्दै आएकी थिइन्। उनी अनलाइनबाट खेलिने गेम ‘फ्री फायर’ खेल्ने गर्थिन् । यही क्रममा उनको भेट महेशसँग भयो। महेशले उनलाई विभिन्न बहानामा फेसबुकमा साथी बनाएर प्रलोभन देखाई काठमाडौँ ल्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ। 

    images

    अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको काठमाडौँ परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले बताए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij