Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नाबालिगलाई बलात्कार गरेको मुद्दामा पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा थुनिएका अभिनेता पल शाह उत्कृष्ट नायकको अवार्ड जित्न सफल भएका छन्।
चलचित्र विकास बोर्डमा सोमबार आयोजित बक्स अफिस फिल्म अवार्डमा पल शाह फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा अभिनयबापत उत्कृष्ट नायक ठहरिएका हुन्।
सोही फिल्मबाट पूजा शर्मा पनि उत्कृष्ट नायिका तथा सुदर्शन थापाले उत्कृष्ट निर्देशक अवार्ड पाउन सफल भएका छन्। ‘म यस्तो गीत गाउँछु २’ चलचित्र वर्षको सफल चलचित्र ठहरिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij