
Apr 18 2025 | २०८२, वैशाख ५ गते
पाकिस्तानको संसदले सोमबार नयाँ प्रधानमन्त्री चयन गर्दैछ । इरान खान संसदमा विश्वासको मत प्राप्त नगरेपछि सत्ताच्यूत भएका थिए । नयाँ प्रधानमन्त्रीका लागि (पाकिस्तान मुस्लिम लिग नवाज) पिएमएलएनका शहबाज शरिफले मनोनयन दर्ता गरेका छन् ।
उनले गठबन्धनको नेतृत्व गरेर ६९ वर्षका खानलाई प्रधानमन्त्रीबाट हटाउन प्रमुख भूमिका खेलेका थिए । नयाँ प्रधानमन्त्री चयनका लागि संसदमा मतदान हुनेछ । संसदमा नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु भए पनि इमरान खानका समर्थकले भने देशका प्रमुख शहरमा प्रदर्शन गरेका छन् ।
अमेरिकाको सहयोगमा विपक्षी दलले आफूलाई सत्ताबाट हटाएको आरोप उनले लगाउँदै आएका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij