
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । काठमाडौँको पशुपति क्याम्पसका बीए तेस्रो वर्षमा अध्ययनरत युवती मृत फेला परेकी छन् । भोजपुरको हतुवागढी गाउँपालिका- २ की २७ वर्षीया नीला राई मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार राईको बायाँ हातको नाडीमा ब्लेडले काटेको देखिएको छ ।
अहिले शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ । उनको बिहीबार गोकर्णेश्वर नगरपालिका–३ जगडोलको वन कार्यालय नजिक शव फेला परेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij