
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौँ । काठमाडौँको फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौँमा आयोजित टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।
सुन्दर शहर काठमाडौँ अहिले फोहोरको थुप्रो भएको भन्दै प्रधानमन्त्री देउवाले काठमाडौँलाई सुन्दर र हरियाली बनाउनु आजको आवश्यक्ता भएको र फोहोर व्यवस्थापन गर्नका लागि सरकारबाट चाहिने सहयोग गर्न आफू प्रतिवद्ध रहेको बताए ।
उनले फोहोरलाई डम्पिङ साइटमा फाल्ने नभइ बिजुली र ग्याँस निकालेर यसको उपयोग गर्न सक्नुपर्ने बताउँदै फोहोरबाट बिजुली र ग्याँस निकाल्ने काम गर्न नेपाल आफैँले सक्ने पनि बताए ।
प्रधानमन्त्री देउवाले काठमाडौँमा फोहोर व्यवस्थापनको कुरा अत्यन्त जरुरी भएको बताउँदै धरानमा फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरी टेम्पो लगायतका साना सवारीसाधन सञ्चालन गरिएको भन्दै उनले काठमाडौँको फोहोरलाई पनि त्यसैगरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij