Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

राखेपका निमित्त सदस्यसचिव थापाले दिए राजीनामा

राखेपका निमित्त सदस्यसचिव थापाले दिए राजीनामा


  • काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)का निमित्त सदस्यसचिव कुलबहादुर थापाले राजीनामा दिएका छन् ।

    images
    images
    images

    सर्वोच्चको आदेशसँगै टंकलाल घिसिङलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिवको जिम्मेवारी सुम्पिएर निमित्त सदस्यसचिव कुलबहादुर थापाले राजीनामा दिएका हुन् ।

    मंगलबारै घिसिङसमक्ष राजीनामा बुझाएका थापाले राखेपमा २७ वर्ष लामो कर्मचारी जीवनबाट राजीनामा दिने निर्णय गरेको बताए । 

    उनले कर्मचारीको रुपमा राखेपका विभिन्न विभागमा प्रमुखको जिम्मेवारीमा रहेर काम गरे । पछिल्लो समय थापालाई प्रतियोगिता तथा योजना विभागको जिम्मेवारी थियो । थापाले पाँचौंदेखि आठौं राष्ट्रिय खेलकुद र १३औं दक्षिण एसियाली खेलकुदमा समारोह प्रमुखको जिम्मेवारी पाएका थिए ।

    सरकारले राखेप सदस्यसचिव रमेशकुमार सिलवाललाई १ कात्तिकमा बर्खास्त गर्ने निर्णय गरेको थियो । १२ मंसिरमा टंकलाल घिसिङलाई नयाँ नियुक्ति गरिए पनि सिलवालले सर्वोच्चमा रिट दायर गरेपछि राखेपको कार्यकारी प्रमुख खाली हुन पुगेको थियो ।

    युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले मन्त्रीस्तरीय निर्णयबाट ४ फागुनमा राखेप कर्मचारी थापालाई निमित्त सदस्यसचिवको जिम्मेबारी दिएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij