
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेकपा एमाले बागलुङले बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि ५५५५ सदस्यीय मुल निर्वाचन कमिटी गठन गरेको छ । पार्टी अध्यक्ष हिराबहादुर केसीको संयोजकत्वमा स्थानीय निर्वाचनलाई व्यवस्थित रुपमा परिचालन गर्न निर्वाचन परिचालन कमिटी गठन गरेको अध्यक्ष केसीले जनाएका छन् ।
जिल्लाका १० वटै स्थानीय तह पालिकास्तरीय चुनावी प्रतिवद्धता तयार पार्न सचिव विष्णु भुसालको संयोजकत्वमा संयोजन समिति गठन गरेको छ । साथै स्थानीय तह निर्वाचन लक्षित प्रचारप्रसारका लागि ५०१ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij