
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । कलंकीको स्यूचाटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो बेलुका बागमती प्रदेश ०२– ०२१ प ६३३१ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर पल्टिँदा नुवाकोट घर भई अहिले थानकोट बस्ने अन्दाजी २५ वर्षकी लक्ष्मी दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको उपचारका क्रममा राति १० बजे नेपाल नेशनल अस्पताल कंलकीमा मृत्यु भएको हो । तीब्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरीकाअनुसार चालकको साथमा सवारी अनुमति पत्र लाइसेन्स समेत नभएको पाइएको छ ।
#प्रतिकारात्मक-तस्बिर
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij