
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित १४ जना सांसद विरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आइतबारदेखि सुनुवाइ गर्दैछ ।
ओलीले पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गरेका नेपालसहित १४ जना सांसद्विरुद्ध दायर गरेको रिटमा सर्वोच्चले यसअघि अन्तिम सुनुवाइका लागि चैत २० गते पेसी तोक्न आदेश जारी गरेको थियो ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले सो रिटलाई पूर्ण सुनुवाइमा लैजाने निर्णय गरेको हो । दुवै पक्षको बहसपछि सर्वोच्चले आफ्नो फैसला सुनाउने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij