
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागरिएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मिलेमतो गरेको भन्दै नेकपा एमालेले संसदीय दलले मुख्यमन्त्री केसीको राजीनामा मागेको हो । पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले राजीनामा दिएका छन् । तर ठेक्का प्रक्रिया रद्द र कार्यकारी अधिकृतको राजीनामाले सरकारको कुनियत हट्न नसक्ने एमालेको ठहर छ ।
१२ सय शय्याको १० तले अस्पताल भवन बनाउन करिव डेढ अर्ब घोटाला गर्ने गरी स्पेसिसिकेसन बनाएर ठेक्का लगाइएको सार्वजनिक खरिद अनुगमन कार्यालयले उक्त ठेक्का प्रक्रियामा त्रुटि भेट्टाएपछि १४ चैतमा ठेक्का रद्द गरिएको थियो ।
बुधबार आयोजित पत्रकार संसदीय दलका उपनेता बैजनाथ चौधरीले ठेक्का प्रक्रियामा सेटिङ भएको बताउँदै प्रदेश पूर्वाधार विकास समितिको अध्यक्षको हैसियतले यस सेटिङमा मुख्य जिम्मेवार कुलप्रसाद केसी रहेका पनि बताए ।
अस्पतालको भवन निर्माणका लागि निर्माण कम्पनी छनोट गर्दा मापदण्ड तयार गर्नेवेलादेखि नै सेटिङ रहेको प्रष्ट भएकोले मुख्यमन्त्री पदमा बसिरहन नैतिकरुपले नमिल्ने भएकाले तत्काल पदबाट राजीनामा दिनुपर्ने एमालेले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij