Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

युएईले दियो नेपाललाई १६९ रनको लक्ष्य

युएईले दियो नेपाललाई १६९ रनको लक्ष्य

  • काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)ले आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपाललाई जितका लागि १६९ रनको लक्ष्य दिएको छ ।  दुबई इन्टरनेशल क्रिकेट रङ्गशालामा आज भएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको युएईले ४६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो ।

    images
    images
    images

    तीब्र गतिका बलर सोमपाल कामीले उत्कृष्ट बलिङ गरेपछि युएईले खुलेर रन बटुल्न सकेन । युएईका लागि रिजवान सिपी र रोहण मुस्थाफाले ४०/४० रनको योगदान दिए । यस्तै मोहमद वसिमले २१, कासिफ दाउदले १८, बसिल हमिदले १४ तथा अहमद राजाले १३ रन बनाए ।

    बलिङतर्फ नेपालका लागि सोमपाल कामी एक्लैले ४ विकेट लिए । त्यस्तै करण केसीले ३ तथा सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी र सागर ढकालले एक एक विकेट लिए । नेपालले यसअघि बुधबार पहिलो खेलमा पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको थियो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij