
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले अहिले यूएईको सामना गर्दैछ । सारजाहमा युएईविरुद्ध नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ । युएईले टस जितेर पहिले ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङमा पठाएको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहिबेरमा सुरू हुने खेलका लागि नेपालले टोलीमा एक मात्र परिवर्तन गरेको छ । विनोद भण्डारीलाई बेन्चमा राख्दै कमलसिंह ऐरी टोलीमा समेटिएका छन् । पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई दुई विकेटले पाजित गरेको नेपाल यूएईलाई हराउँदै लगातार दोस्रो जित निकाल्ने रणनीतिमा मैदान उत्रिनेछ ।
तेस्रो खेलमा नेपालले सोमबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपाललको टिममा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, सागर ढकाल, करण केरी, कमल सिंह ऐरी, रोहितकुमार पौडेल, सोमपाल कामी रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij