
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । स्थानीय तहस्तरका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा नुवाकोट गएका छन् । गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने देउवा नुवाकोट गएका हुन्। त्यहाँ दुईवटा कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
देउवाले किस्पाङ गाउँपालिका र तादी गाउँपालिकाको नवनिर्मित भवन उद्घाटनका साथै, अन्य स्थानीय तहका पार्टी कार्यकर्तासँग पनि छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको परियारले बताए ।
देउवाको साथमा काँग्रेस नेताहरू डा.रामशरण महत, अर्जुननरसिंह केसी, नुवाकोटका पूर्वजिल्ला सभापति जगदीशनरसिंह केसीलगायत छन् । सबै कार्यक्रम सकेर देउवा दिउँसो ३ बजेपछि काठमाडौं फर्कने नेता केसीले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij