Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

प्रतिनिधिसभामा चोलेन्द्र विरुद्ध महाभियोग

प्रतिनिधिसभामा चोलेन्द्र विरुद्ध महाभियोग

  • काठमाडौं/ प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्तुत गरेका छन् । आइतबार बसेको बैठकमा  संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम गुरुङसहित सांसदहरु पुष्पा भुसाल र जीवन राम श्रेष्ठ प्रस्तावक तथा ९५ जना सांसदहरु समर्थक रहेको प्रधानन्यायाधीश विरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव  प्रस्तुत भएको हो ।

    images
    images
    images

     
    महाभियोग प्रस्तुत गर्दै गुरुङले प्रधान न्यायाधीश जबराले संविधान र पदीय आचरण विपरित कार्य गरेको बताए ।  उनले संविधानको धारा १०१ को उपधारा (२) मा व्यवस्था भए बमोजिम संविधान र कानुनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमता अभाव भएको, खराव आचरण भएको, इमान्दारितापूर्वक आफ्नो पदीय कर्तब्य पूरा नगरेको र आचार संहिताको गम्भीर उल्लंघन गरेकोले प्रतिनिधि सभामा कायम रहेका एक चौथाई बढी सांसदले महाभियोग पेश हुने सूचना गरेको गुरुङले बताए । 
    गत फागुन १ गते प्रधानन्यायाधीश विरुद्ध ३ जना सांसद प्रस्तावक र ९५ जना सांसदको समर्थनमा महाभियोग दर्ता गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij