Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

वीरगञ्जका नगरप्रमुख सरावगी एमालेमा

वीरगञ्जका नगरप्रमुख सरावगी एमालेमा

  • पर्सा/ वीरगञ्ज महानगरका नगरप्रमुख विजय सरावगी वडाध्यक्ष र समर्थकसहित एमालेमा प्रवेश गरेका छन् । शनिबार वीरगन्जमा आयोजित कार्यक्रममा ठूलो जसहभागितासहित सरावगी एमाले प्रवेश गरेका हुन् । बाराको आदर्श कोटवाल गाउँपालिकाका अध्यक्षसहित जसपा नेताहरुलाई एमाले प्रवेश गराउन वीरगन्ज पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई समेत एमालेमा स्वागत गरेका छन् ।

    images
    images
    images

    जसपाबाट निर्वाचित वीरगन्ज महानगरपालिकाका मेयर सरावगीले एमाले प्रवेशका लागि वार्ता गरिहेका थिए । सरावगीलाई पार्टी प्रवेश गराउने कार्यक्रममा एमालेका मधेश इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह लगायतका नेता सहभागी थिए । सरावगीसँगै वीरगन्ज महानगरपालिकाका चारजना वडाध्यक्ष र सदस्यहरु समेत एमाले प्रवेश गरेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij