Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

घरेलु तथा साना उद्योग महासंघमा चुनियो नयाँ नेतृत्व

घरेलु तथा साना उद्योग महासंघमा चुनियो नयाँ नेतृत्व

  • काठमाडौं/  नेपाल घरेलु तथा साना उद्योग महासंघमा उमेशप्रसाद सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । महासंघको वीरगञ्जमा सम्पन्न २५ औ राष्ट्रिय महाधिवेशन तथा २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा सूर्यबहादुर कँडेल तथा उपाध्यक्षहरूमा लघु उद्यमतर्फ पूर्णबहादुर भण्डारी, घरेलु उद्योगतर्फ प्रकाश रावल, साना उद्योगतर्फ चन्दनकृष्ण श्रेष्ठ, अन्तर्राष्ट्रिय सम्बन्ध मुकेश उपाध्याय, महिलातर्फ शोभा गुरुङ, वस्तुगततर्फ मोहन कटुवाल, एसोसिएटतर्फ शान्ता बाँस्कोटा कोइराला, सहकारीतर्फ सत्यनारायण प्रजापति, कृषितर्फ हरिहर थापा, पर्यटनतर्फ राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन्।निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरी समितिमा पदेन सदस्य रहने व्यवस्था छ ।  

    images
    images
    images

    महासंघको महासचिवमा डम्बर प्रसाद रेग्मी, कोषाध्यक्षमा अच्युत पाण्डे, सचिवहरूमा दिपकबहादुर बुढा, सहकारीतर्फ भेषराज पाण्डे, वस्तुगततर्फ महेन्द्रबहादुर चित्रकार, एसोसिएटतर्फ रुद्रप्रसाद न्यौपाने, सहकोषाध्यक्षमा ज्ञानबहादुर खडकासँगै ८० जना सदस्यहरु निर्वाचित भएका छन् ।

    images

    यसैगरी महासंघकै केन्द्रीय महिला उद्यमी समितिमा रोशनी उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । वरिष्ठ उपाध्यक्षमा रिता अवाल, उपाध्यक्ष उद्यम व्यवसायतर्फ कृष्णकुमारी पाठक,  उपाध्यक्ष संगठनतर्फ तारा आचार्य, महासचिवमा डा. सोनी महतो, कोषाध्यक्षमा मिना तामाङ, सचिवमा दीपा शाक्य तथा १४ जना सदस्य रहेका छन् ।
    नवनिर्वाचित अध्यक्ष सिंहले महासंघको गरिमालाई उच्च बनाउँदै लघु, घरेलु तथा साना उद्योगीहरुको हक हितमा काम गर्ने बताए । महासंघको उपस्थितिलाई देशैभर व्यापक बनाउँदै लैजाने र लघु, घरेलु तथा साना उद्योगीहरुलाई आत्म स्वाभिमानका साथ अगाडि बढ्न सक्ने गरि वातावरण बनाउन लागिपर्ने समेत सिहंले बताए । नव निर्वाचित सिंह यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष रहेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij