
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं । संसदले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता ‘महाअभियोग सिफारिस समिति’ गठन सुरु गरिएकाे छ । कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाम दिएपछि सिफारिस समिति गठन हुने संसद सचिवालयका एक अधिकारीले बताए ।सत्तारुढ गठबन्धनका ९८ सांसदले १ फागुनमा जबराविरुद्ध महाअभियोग दर्ता गरेका थिए । यो प्रस्तावमाथि संसदमा सामान्य छलफलपछि महाअभियोग सिफारिस समितिमा पठाउनुपर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा छ । त्यस्तै एक चौथाई सदस्यले समर्थन गरेमा महाअभियोगको कारबाही प्रारम्भ हुन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij