Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

पुरानै अडानमा एमाले

पुरानै अडानमा एमाले

  • काठमाडौँ/ प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा एमालेले पुरानै अडान दोहोर्याएको छ । बैठकमा नेकपा एमालले आफ्नो पुरानै अडान हामीलाई प्रतिनिधिसभा भित्र प्रवेश गर्ने द्धार खोलिदिनुहोस भन्ने माग दोहो(याएको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारहरुलाई बताए ।
    भेटमा प्रधानमन्त्री देउवाले एमसीसी सबैको सहमतिमा अनुमोदन गर्न चाहेको बताएको मन्त्री कार्कीले जानकारी गराए ।
    प्रधानमन्त्रीले सबै दल ठूलो संघर्षका प्राप्त लोततन्त्रको यात्राका सहयात्रीे भएको र प्रजातान्त्रिक मुल्यमान्यतामा सबै एक ठाउँमा रहन जरुरी छ भन्ने विचार राखेका थिए । साथै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अधिकतम् सहमतिबाट पास गरेर राष्ट्रिय महत्वको विषयमा हामी एक छौं भन्ने प्रदर्शन गर्नु पर्ने बताएको मन्त्री कार्कीले जानकारी गराए ।
    बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै एमालेका नेता प्रदीप ज्ञवालीले आफूहरुले पूरानै माग संसदमा एमालेले सहज रुपमा उपस्थित हुने बतावरण बनाउन आग्रह गरेको र त्यसका लागि एमालेले निष्काशन गरेका १४ जनाको नाम टाँस गर्नु पर्ने वा सभामुखले स्टेप डाउन गर्नु पर्ने कुरा राखेको बताए।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij