Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

देउवाकाे दैलाेमा सारथीसहित ओलीको पाइला

देउवाकाे दैलाेमा सारथीसहित ओलीको पाइला

  • काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास वालुवटारमा भेटवार्ता सम्पन्न भएको छ । भेटमा प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदनका विषयमा छलफल भएको बताइएको छ । भेटमा आ-आफ्नो अडान कायमै रहेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाललले बताए ।

    images
    images
    images

    रिजालका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीमा सत्ता गठबन्धनभित्रै असहयोग भएको बताएका थिए भने एमाले अध्यक्ष केपी शर्मा ओलीले भने १४ जना सांसदको कारबाहीको माग यथावत् रहेको बताएका थिए । सरकारले प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव अनुमोदनका लागि टेबुल गरेको छ । एमसीसी सम्झौतालाई यही फागुन १६ गतेभित्र संसद्बाट अनुमोदन गर्न सरकारले सो अवधिभित्र सबै राजनीतिक दलको सहमतिमा एमसीसीसम्बन्धी प्रस्ताव अनुमोदन गर्न सबै दलहरुबीच छलफल अघि बढाएको छ ।

    images

    भेटवार्तामा कांग्रेसका तर्फबाट पार्टी सभापति एवं प्रधानमन्त्री देउवा र उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए भने एमालेका तर्फबाट अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी रहेकाे जनाइएको छ। प्रतिनिधिसभामा यही फागुन ८ गते एमसिसी प्रस्तुत भएपछि सत्तारूढ तथा प्रतिपक्षमा रहेका दलहरुबीच त्यसलाई पारित गराउन घनीभूत छलफल भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij