
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौँ/ शनिबार घोषणा भएको कमल थापा नेतृत्वको राप्रपा नेपालको पहिलो केन्द्रीय समिति बैठकले १० बुँदे निर्णय गरेको छ । बैठकले पृथ्वीनारायण शाहलाई आदर्श पुरुष तथा उनको दिव्य उपदेशलाई मार्गदर्शक सिद्धान्तको रुपमा स्वीकार गर्ने निर्णय गरेको हो।
बैठकपछि राप्रपा नेपालले जारी गरेको विज्ञप्तिमा पार्टीको घोषणापत्रमा सनातन वैदिक मूल्य, मान्यता र चिन्तनमा आधारित “सम्बर्द्धनवाद” पार्टीको वैचारिक दर्शन हुने उल्लेख छ । नेपालको भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दै “राष्ट्रियता” लाई सर्वोपरि साध्य बनाइएको पनि सो पार्टीले जनाएको छ । बैठकले गत पन्ध्र वर्षको अभ्यास र अनुभवलाई दृष्टिगत गर्दै धर्मनिरपेक्षता विनाशर्त खारेज गरिनुपर्ने, संघीयताको वर्तमान स्वरुप र संरचनालाई परिवर्तन गर्नुपर्ने माग पनि गरेको छ ।
यस्तै बैठकले राष्ट्रको एकीकरण, प्रजातन्त्रको स्थापना र आधुनिकीकरणमा राजसंस्थाले पुर्याएको योगदानको उच्च मूल्यांकन र सम्मान गर्दै भविष्यमा राप्रपा नेपालको नीति जनता केन्द्रीत हुने तथा लोकतान्त्रिक हिन्दु राष्ट्र मुख्य कार्यनीति हुने निर्णय पनि गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij