Jun 04 2026 | २०८३, जेठ २१ गते
‘घाम जस्तो चम्किलो जून हुँदैन’, ‘भुमरीमा परँे भने म’, ‘आमा तिम्रो दूधको भारा’, ‘खै हाम्रो दिलमा त घामै लागेन’, ‘कल्पनामै भए नि देख्छु भनेको’ ‘बाँचेको छु धन्न’, ‘आफ्नोपन’ गीतःडा .सुवेदी
काठमाडौं । सर भूकम्प कसरी आउँछ ।
आजसम्म विज्ञानले पत्ता लाको’ छैन
कहिले आउँछ, कत्रो आउँछ भन्न सकिँदैन
कहाँ आउँछ भूकम्प आउने कारण के हो
धर्तिमुनि चट्टान सर्दा जमीन हल्लिने हो
कखग एबिसी सिके जसरी
सबैले सिक है भूकम्पबाट बच्ने कसरी
लोकसर्जक डा . शिव सुवेदीको ‘भूकम्प सचेतना’ गीत सार्वजनिक भएको छ । भूकम्पको जोखिमबाट बच्चे उपायका बारेमा गीतबाट सन्देश दिन खोजिएको छ । गीतमा पशुपति शर्मा र देवी घर्तीले स्वर दिनुभएको छ । शब्द सङ्कलन सुवेदी तथा सङ्गीत गायक शर्माकै छ ।
पुष्पाञ्जलि म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको गीतलाई शिव सुवेदी युट्युब च्यानलबाट बजारमा ल्याइएको हो । गीतमा केशव बधुले सङ्गीत संयोजन गर्नुभएको छ । भिडियोमा गायक शर्मा, गायिका घर्ती र शेर साउदले अभिनय गर्नुभएको छ भने केहीलाई विद्यार्थीका रुपमा रुपमा देखाइएको छ ।
पहिलो कुरा भूकम्पले मान्छे मार्ने होइन
तर हाम्रो घर भत्किए हामी बाचिँदैन
घर बलियो बनाम अब, जग दरिलो खनम
आफूले बनाम पहिले अरुलाई नि भनम
कखग एबिसी सिके जसरी ।।।
भिडियोमा २०७२ को भूकम्पको दृश्यदेखि धरहरा र अन्य स्थलको पुनःनिमार्णको अवस्थालाई पनि देखाइएको छ । भूकम्पबाट जोगिने विभिन्न उपायमा अधारित गीतसहितको भिडियोले भूकम्पीय जोखिम न्यूनीकरण गर्नमा मद्दत गर्ने देखिन्छ ।
कलाकार सुवेदीले स्विट्जरल्याण्डको युनिभर्सिटी अफ लुजानबाट भूकम्प विज्ञानमा विद्यावारिधि गर्नुभएको छ । सुवेदीले आफ्ना सुपरभाइजर जियोर्ज हेतेनीको आग्रहमा गीत तयार पारिएको बताउनुभयो । “उहाँ (हेतेनी) ले गत वर्ष पोखरामा भएको एक कार्यक्रममा म कलाकार भएको थाहा पाउनासाथ खुशी हुँदै गीत बनाउन सल्लाह दिनुभयो”, डा सुवेदीले भन्नुभयो, “उहाँकै सल्लाहले मलाई थप ऊर्जा मिल्यो र गीत बनाएँ ।” उहाँले गीतको भिडियो हेर्ने जोकोहीले पनि भूकम्पीय जोखिमका बारेमा आधारभूत शिक्षा लिन सक्ने बताउनुभयो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij