
Jun 17 2025 | २०८२, असार ३ गते
प्रधानमन्त्री शेरबहादुर देउवाले गत असोजमा रेग्मीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त गरेका थिए । मन्त्री मात्र नभइ उमा रेग्मी कांग्रेस केन्द्रीय सदस्य र महिला संघको अध्यक्ष समेत निर्वाचित भएकी थिइन् ।
नेपाली कांग्रेसको भ्रातृसंघ महिला संघको अध्यक्ष पद रिक्त भएको चार महिना हुँदासमेत नेतृत्व चयनतर्फ पार्टीको ध्यान जान सकेको छैन ।
महिला संघकी निवर्तमान अध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले छिटो अधिवेशन गराउने वातावरण बनाएर महिला संघलाई चलायमान र गतिशील बनाउन नेतृत्वलाई आग्रह गरेकी छन् । महिला संघकी नेतृ मालती सोडारी कोभिडको कारण देखाउँदै नेतृत्वले अधिवेशन गर्न नसक्नु लज्जास्पद भएको बताउँछिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij