
Aug 13 2025 | २०८२, साउन २८ गते
माओवादी केन्द्र दमकले पहिलोपटक संगठनमा मूल्यांकन पद्धतिको सुरुवात गरेको छ ।पार्टी हितविपरीत काम गरेको भन्दै पार्टीका नेता नरहरि दाहाललाई ‘रातो कार्ड’ दिने निर्णय गरेको हो ।
पार्टीको दमक नगर पूर्वअध्यक्ष तथा तत्कालीन कोचिला राज्य समिति सदस्यसमेत भइसकेका दाहाललाई बिहीबार बसेको पार्टी नगर सचिवालय बैठकले ‘रातो कार्ड’दिएको अध्यक्ष रवि बस्नेतले जानकारी दिए । दमक-३ स्थित हंसेदुम्से सामुदायिक वनको चुनावमा पार्टीले गरेको गठबन्धनविरुद्ध कोषाध्यक्ष पदमा उम्मेदवारी दिएपछि दाहाललाई वाार्षिक कार्ययोजना मूल्यांकनको आधारमा ‘रातो कार्ड’ दिएको अध्यक्ष बस्नेतले बताए ।
पार्टी कमिटीमा आबद्धलाई कार्यप्रगतिका मूल्यांकनसँग सम्बन्धित भएर हरियो, पहेंलो र रातो कार्डको व्यवस्था गर्ने अध्यक्ष बस्नेतले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij