
Apr 02 2025 | २०८१, चैत २० गते
राष्ट्रिय चलचित्र पुरस्कार विजेता बेनिशा हमाल पछिल्लो पटक हरर फिल्म ‘घर’ मा देखिएकी थिइन् । यो फिल्म प्रदर्शन भएपछि उनी फिल्म मेकिङको अध्ययन गर्न मुम्बई हानिइन् । कोरोनाका कारण अध्ययन रोकिएपछि लकडाउन हुनुभन्दा एक हप्ता अगाडि मात्र उनी नेपाल आएकी थिइन् । अध्ययनका कारण ६ महिना मुम्बई बसेकी उनी अब अभिनयलाई निरन्तरता दिँदैछिन् ।
‘घर’ पछि अभिनेत्री हमालले एक वर्ष कुनै फिल्म साइन गरिनन् । जसका कारण उनलाई फिल्म अफर हुन छाडेको चर्चा समेत चल्यो । तर, उनी लकडाउनमा मात्र आफूलाई आधा दर्जन जति फिल्मबाट अफर आएको बताउँछिन् । शनिवार राजधानीमा आयोजित फिल्म ‘भाँडाकुटी’ को घोषणा कार्यक्रममा उनले लकडाउनमा आफूलाई ५र६ वटा फिल्मबाट अफर आएको बताइन्
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij