
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव तेन्जिन लेक्फेलले शिष्टाचार भेट गर्नुभएको छ ।
बिमस्टेकको पाँचौँ शिखर सम्मेलन आगामी ३० मार्च २०२२ मा श्रीलङ्कामा आयोजना गर्ने प्रस्ताव भएको सन्दर्भमा बिमस्टेकका महासचिव लेक्फेल नेपाल भ्रमणमा आउनुभएको हो । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच बिमस्टेकको विविध विषयमा छलफल भएको छ ।
सो अवसरमा महासचिव लेक्फेलले बिमस्टेकका सम्मेलनले पारित गरेका ऊर्जा क्षेत्रका मुद्दालाई अगाडि बढाउने विषयमा सबै सदस्य राष्ट्रहरू सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
जवाफमा मन्त्री भुसालले बिमस्टेकस्तरीय जलविद्युत् प्रयोग र प्रवद्र्धनका विषय अन्तरसम्बन्धित रहेको बताउँदै त्यसका लागि नेपालका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्न आफू तयार रहेको स्पष्ट पार्नुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij