
Apr 11 2025 | २०८१, चैत २९ गते
छिल्लो समय चर्चामा आइरहेको हलिउड फिल्म ‘स्पाइडर मेन - नो वे होम’ ले धमाकेदार कमाई गरेको छ । जोन वाट्सको निर्देशनमा बनेको यस फिल्मले शुरुवात देखि नै बक्स अफिसमा धमाका मच्चाउँदै आइरहेको छ ।
कोरोना महामारीको २ बर्षपछि प्रदर्शनमा आएको यस फिल्मले हालसम्म १ अर्ब अमेरिकी डलर कमाइसकेको छ । यसको नेपाली रुपैया १ खर्ब २० अर्ब हुने गर्छ ।
कोरोना महामारीपछि हलिउडको कुनै पनि फिल्मले यस्तो कमाई गरेको थिएन । यस फिल्मले अर्को फिल्म द ब्याटल अफ लेक चाङझिनलाई पनि पछि पारेको छ । सर्वाधिक कमाई गर्दै यस फिल्मले विभिन्न देशमा रेकर्ड पनि राखेको छ ।
फिल्ममा टम होल्याण्ड मूख्य भूमिकामा छन् । यस्तै फिल्ममा अभिनेत्री जेन्डेया, एन्डृउ गरफिल्ड, विलियम डेफोलगायतका कलाकार पनि छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij