
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा बम बिस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । उक्त बिस्फोटमा १३ जना घाइते भएका छन् ।
क्रिसमस मनाइरहेका भिडभाड माँझ बिस्फोटक पदार्थ सहित प्रवेश गरेका एक ब्यक्तिले आत्मघाती बिस्फोट गराउँदा उनी सहित अन्य ५ जनाको मृत्यु भएको हो । बिस्फोटका कारण रेष्टुराँ पुर्णरुपमा क्षतिग्रस्त भएको छ ।
घटनाको जिम्मेवारी कसैले नलिएपनि कंगोको एलाइड डेमोक्रेटिक फोर्सले बिस्फोट गराएको हुन सक्ने आशंका गरिएको छ । घटनापछि कंगोमा आपतकाल घोषणा गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij