Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

आज क्रिसमस डे मनाइँदै

आज क्रिसमस डे मनाइँदै

  • काठमाण्डौँ । आज क्रिसमस दिवस, इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।

    images
    images
    images

    दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको थियो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए ।

    आजको दिनलाई प्रेम दिवस, शान्ति दिवस र मुक्ति दिवसका रूपमा मनाउने गरिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सीबी गहतराजले जानकारी दिनुभयो ।

    क्रिसमस डे का अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । क्रिसमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । 

    राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्पूर्ण इसाई धर्मावलम्बीहरुमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको कामना गर्नुभएको छ । 

    नेपालमा २०६३ सालपछि महोत्सवको रुपमा दिवस मनाउन थालिएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij