Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

जेनिशाको फिल्ममा विराज भट्टको सम्भावना

जेनिशाको फिल्ममा विराज भट्टको सम्भावना

  • काठमाडौं । जुन समयमा अभिनेता विराज भट्टको नेपाली फिल्म क्षेत्रमा हालिमुहाली थियो, त्यसबेला अभिनेत्री जेनिशा केसीको हातमा फिल्मको कमी थिएन । उनीहरु एकअर्काको प्रेममा रहेको र विराजकै सिफारिसमा जेनिशाले फिल्ममा काम पाएको चर्चा पनि त्यसबेला निकै चलेको थियो । यो जोडीले ‘निगरानी, दोस्ती, तिमी विनाको जीवन, सिन्दूर’ लगायतका फिल्ममा एकसाथ काम गरेका छन् । 
     
    विराजले भोजपुरी फिल्म गर्न थालेपछि भने जेनिशालाई काम पाउनै सकस भएको थियो । अभिनय गरेका फिल्म पनि बक्सअफिसमा टाँट पल्टिए । यसपछि बलिउडमा काम गर्न मुम्बई हानिएकी उनले साढे २ वर्ष मुम्बईमा संघर्ष गर्दा पनि बलिउड प्रवेशको अवसर पाइनन् । बलिउडमा आफूले सोचेझैँ उपलब्धि हासिल नहुँदा दुबई हानिएकी उनी अहिले नेपालमा छिन् ।
     मुम्बई बसाईको क्रममा बालाजी फिल्मस्बाट निर्देशनमा डिप्लोमा गरेकी उनी एक वर्षभित्र आफ्नै लगानीमा फिल्म निर्माण गर्ने योजनामा छिन् । उनले निर्माण गर्ने फिल्ममा विराज भट्ट हुनेछन् वा छैनन् भन्ने चासो धेरैलाई छ । यसबारेमा ठूलोपर्दा टिभीसँगको अन्तर्वार्तामा उनले भनेकी छन्, ‘अहिले नै विराज दाई हुनुहुन्छ कि हुनुहुन्न भनेर नभनौं । तर, उहाँ हुने सम्भावना चाहिँ धेरै छ ।’
     
    उनले आफू मुम्बई जानुको धेरै कारण रहेको पनि बताएकी छन् । फिल्मका लागि मात्र आफू मुम्बई नगएको बताउँदै उनी भन्छिन्, ‘मलाई निर्देशनमा डिप्लोमा गर्न एकदमै रुची थियो । मेरो ड्रिम नै थियो । यही कारणले म मुम्बई गएको थिएँ । त्यहाँ धेरै कुरा सिक्न पाएँ ।’ आफूमा धैर्यता नभएका कारण सम्भावना हुँदाहुँदै पनि बलिउड फिल्ममा नदेखिएको अभिनेत्री केसीको भनाई छ । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij