
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । बंगलादेशमा एउटा फेरीमा आगलागी हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । झालकाठी जिल्लामा एमभी अभियान-१० नामक फेरीमा आगलागी भएको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
फायर सर्भिस कन्ट्रोल रुमका अनुसार कम्तीमा ७२ जना अस्पताल भर्ना भएका छन् । आगलागी भएपछि धेरैले ज्यान बचाउन नदीमा हाम फालेका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार फेरीमा खचाखच यात्रु भरिएका थिए । बरिसाल अग्नि नियन्त्रण सेवाका उपनिर्देशक कमल उद्दीन भुइयाँका अनुसार इन्जिन कक्षबाट फेरीमा आगो लागेको आशंका छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij