
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीकै कारण गठबन्धन नटुट्ने बताएका छन् ।
बिहीबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीमा सुधारको कोसिस गर्न तयार भएको बताउँदै एमसीसीकै कारण गठबन्धन नटुट्ने बताएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्रीले अस्ति सर्वदलीय र गठबन्धनको बैठकमा पनि एमसीसीमा सुधारको गुञ्जायस छ, म पनि कोसिस गर्छु भन्नुभएको छ । मानै, अप्ठ्यारो नै पर्यो भने पनि एमसीसीकै कारण गठबन्धन टुट्छ भन्ने मलाई लाग्दैन । त्यति कारणले टुट्न पनि हुँदैन । टुट्दैन । टुट्न पनि दिइँदैन।’
प्रचण्डले प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक र गठबन्धनको बैठकमा पनि एमसीसीको विषयमा छलफल भएको र कार्यदल बनाइएको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij