Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

माओवादी प्रदेश कमिटीमा नेम्वाङ विजयी

माओवादी प्रदेश कमिटीमा नेम्वाङ विजयी

  • काठमाडौँ । नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो)१६९ मत प्राप्त गरी विजयी भएका छन् ।

    images
    images
    images

    उनका प्रतिस्पर्धि मुक्साहाङ मेन्याङ्बोले ६४ मत प्राप्त गरेका थिए । अध्यक्ष पदमा सात मत बदर भएको थियो । तीन जना उपाध्यक्षमा देवान चाम्लिङ, शिवकुमार डाँगी र मणिकुमार साम्पाङ विजयी भएका हुन् । उनीहरुले क्रमशः १२०, ११३ र १११ मत प्राप्त गरेका थिए । 
     
    यस्तै, सचिवमा गणेश उप्रेती १४८ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिद्वन्द्वी (सिपी कडरियाले ८३ मत प्राप्त गरे । 

    images

    तीन जना सहसचिव पदमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुङ्गाना ९५ मत प्राप्त गरी विजयी भएका छन् भने कोषाध्यक्षमा रेवतराज पुरी(गगन)ले ९३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पधि बन्दना झाँगडले ५७ मत प्राप्त गरेका थिए ।  

    नौ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए भने २९ जनाको उम्मेदवारी परेको थियो । मतदान प्रक्रियामा १९ अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ । 

    गत मङ्सिर २५ र २६ गते भएको प्रदेश अधिवेशनले २५९ जनाको कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij